
देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
धादिङको धुनिबेसी नगरपालिका ६ चालिसेमा गएराति ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ।
गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट नारायणगढ जाँदै गरेको ना ८ ख ५१ ७३ नम्बरको ट्रकले राति साढे ९ बजे ठक्कर दिँएको हो ।
यसैगरी, कैलालीको घोडाघोडी नगरपालिका २ पाण्डेचोक साडेपानीमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय तारा रावलको मृत्यु भएको छ ।
सुदूर पश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराति सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको हो।
यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका १ डबलीमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा चालक तेह्रथुमकै फेदाप गाउँपालिका ५ ईसिबुका २६ वर्षीय रबिन खापुङको मृत्यु भएको हो ।
म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया