Pura Samachar

तीन दिनसम्म प्रमुख नदीहरूमा पानीको बहाव बढ्न सतर्क रहन आग्रह

प्रकाशित: June 9, 2022
पूरा समाचार

तीन दिनसम्म प्रमुख नदीहरूमा पानीको बहाव बढ्न सतर्क रहन आग्रह

आगामी तीन दिन देशका प्रमुख नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तीन दिनसम्म प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको हो ।

महाशाखाले नदीतटीय क्षेत्रका कार्य सजगता अपनाएर गर्न सकिने जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, तनहुँ, स्याङजा र आसपास भई बहने केही स–साना नदीमा आकस्मिक बहाव हसन सक्ने विभागले जानकारी दिएको छ ।

विभागले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन पनिआग्रह गरेको छ ।

प्रतिक्रिया