Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: June 9, 2022
पूरा समाचार

सुनको मूल्य बढयो

बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

सुनचाँदी व्यवसयी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ बढेर प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया