Pura Samachar

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगु कार्यालय भवनमा भएको आगलागीमा ७ जनाको मृत्यु

प्रकाशित: June 9, 2022
पूरा समाचार

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगु कार्यालय भवनमा भएको आगलागीमा ७ जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका छन् ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित साततले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १० ः ५५ बजेदेखि आगलागी सुरु भएको थियो । हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनुका साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौँ भवनबाट भागेका छन् ।

घटनास्थलमा करिब ५० दमकल र १६० अग्निनियन्त्रकहरू खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया