Pura Samachar

नारायणघाट-मुग्लिन अवरुद्ध सडक खण्ड खुल्यो

प्रकाशित: June 11, 2022
पूरा समाचार

नारायणघाट-मुग्लिन अवरुद्ध सडक खण्ड खुल्यो

चितवन- नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।

पहिरो पन्छाएर विस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ।

अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए। दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि राति फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन्।

प्रतिक्रिया