Pura Samachar

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन

प्रकाशित: June 11, 2022
पूरा समाचार

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा  निधन

सप्तरी- पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन्।

मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन्। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया