
भारतमा लगातार चौथो दिन बढ्यो कोरोना संक्रमित, पछिल्लो एक दिनमा ८ हजार ३२९ नयाँ संक्रमित, संक्रमितको संख्या ४० हजार नाघ्यो
भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या फेरि एकपटक तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा ८ हजार ३२९ नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार फेला परेका केसहरूको तुलनामा यो करिब १० प्रतिशतले बढेको हो। योसँगै यो लगातार चौथो दिन हो, जब देशमा दैनिक सङ्क्रमितको सङ्ख्या थपिएको हो । असार ७ गते देशमा दैनिक पाँच हजार नाघेको सङ्ख्या अहिले आठ हजार पुगेको छ ।
प्रतिक्रिया