Pura Samachar

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढयाे

प्रकाशित: June 12, 2022
पूरा समाचार

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढयाे

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया