Pura Samachar

माटोको ढिस्को खस्दा एकै घरका दुई दाजुभाइकाे मृत्यु

प्रकाशित: June 12, 2022
पूरा समाचार

माटोको ढिस्को खस्दा एकै घरका दुई दाजुभाइकाे मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–५, दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजुभाइको मृत्यु भएको हो ।

प्रतिक्रिया