Pura Samachar

स्पेनकाे सहज जित

प्रकाशित: June 13, 2022
पूरा समाचार

स्पेनकाे सहज जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे ।

खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका  थिए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए ।

 

जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।

चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया