Pura Samachar

अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुने

प्रकाशित: June 13, 2022
पूरा समाचार

अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुने

काठमाडौं ।  अब आईतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको हो । नेप्सेका अनुसार अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुनेछ । साथै शुक्रबार भने २ घन्टा मात्रै कारोबार हुने भएको छ।

जसअनुसार अब आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेयर कारोबार हुने छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । योसँगै अब असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको हो ।

प्रतिक्रिया