Pura Samachar

अमेरिकामा गोली प्रहारको घटना कम्तीमा पाँच जनाको मृत्यु

प्रकाशित: June 13, 2022
पूरा समाचार

अमेरिकामा गोली प्रहारको घटना कम्तीमा पाँच जनाको मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को  गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो एक सातामा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्।

अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् ।

पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो पटक शनिबार दिउसो १२ : १९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीया एक महिलाको हत्या भएको छ ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् ।

यही साता सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया