Pura Samachar

अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल

प्रकाशित: June 13, 2022
पूरा समाचार

अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल भएको छ।

आइतबार ओली निवास बालकोटमा उनीहरूबीच कुराकानी भएको हो।

भेटका लागि एमाले अध्यक्ष ओली पक्षबाट माओवादी नेताहरूलाई बोलाइएको थियो। माओवादी केन्द्रका तर्फबाट ओलीसँग भेटका लागि श्रेष्ठलाई पठाइएको थियो।

उनीहरूबीच करिब साढे दुई घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिबारे भेटमा कुराकानी भएको थियो।

प्रतिक्रिया