Pura Samachar

राप्रपाको केन्द्रीय समितिको बैठक असार ७ गतेदेखि ९ गतेसम्म बस्ने

प्रकाशित: June 14, 2022
पूरा समाचार

राप्रपाको केन्द्रीय समितिको बैठक असार ७ गतेदेखि ९ गतेसम्म बस्ने

राप्रपाको केन्द्रीय समितिको बैठक असारमा बस्ने भएको छ।

असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने राप्रपाले जनाएको छ।

वैशाख ३० मा भएको स्थानीय चुनाव समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने बताइएको छ।

बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे पनि रिपोर्टिङ हुने भएको छ।

हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि राप्रपाले स्थानीय चुनाव परिणामबारे समीक्षा गरेको थियो।

प्रतिक्रिया