Pura Samachar

सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल

प्रकाशित: June 14, 2022
पूरा समाचार

सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । कारोबार बन्द हुँदा नेप्से १९९६ अंकमा कायम भएको छ । यो अंक १८ महिनायताकै न्यून हो । यस दिन ३६ अंकले नेप्से घटेको हो । कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । सबै उपसमूहका सूचक घटेका छन्। बैंकिङ १२, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४६, जलविद्युत् ६६, जीवन बीमा १८६, उत्पादन ६७, माइक्रोफाइनान्स ७७, निर्जीवन बीमा २४२, अन्य ५१ र ब्यापार उपसमूह ५३ अंक घटे। जम्मा ५ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो। आँधिखोला लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो। हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक र उपकार लघुवित्त क्रमश: अगाडि रहे।

प्रतिक्रिया