Pura Samachar

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउदै आएको कन्ट्रोल फन्डिङ फुकुवा 

प्रकाशित: June 14, 2022
पूरा समाचार

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउदै आएको कन्ट्रोल फन्डिङ फुकुवा 

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउदै आएको कन्ट्रोल फन्डिङ फुकुवा छ ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ ।

कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छन् ।

आईसीसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

२०७६  साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा भएको थियो ।

तर, कन्ट्रोल फन्डिङ फुकुवा भएको थिएन ।

नयाँ कमिटीले आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको क्यानले जनाएको छ ।

प्रतिक्रिया