Pura Samachar

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ८६ हजार ४३२ संक्रमित थपिए

प्रकाशित: September 6, 2020

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ८६ हजार ४३२ संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ संक्रमित थपिएका छन् ।

यसअघि दुईदिन पहिला ८३ हजार ८८३ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म संक्रमितको संख्या ४० लाख २३ हजार १७९ पुगेको छ ।

मृत्यु हुनेको संख्या ६९ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया