Pura Samachar

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित: June 15, 2022
पूरा समाचार

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।

चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छ्याउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ।

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया