काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल आवद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेको प्रश्नहरुबारे जवाफ दिँदै गृहमन्त्री खाँणले एसपीपीमा नेपाल आवद्ध हुने कुनै निर्णय नगरेको र गर्ने सोच पनि नराखेको बताउनुभएको हो ।
‘‘नेपाल एसपीपीमा आवद्ध भएकै छैन । यससम्बन्धी नेपाल सरकारले कुनै निर्णय गर्ने सोच पनि राखेको छैन ।’ एसपीपीबारे धेरै कुराहरु उठेको बताउनुहुँदै उहाँले भन्नुभयाे ।
गृहमन्त्री खाणले नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रूपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण पनि गराउनुभयो ।
प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवा जवाफ दिने समयमा संसद बैठकमा अनुपस्थित रहनुभएपछि उहाँकाे तर्फबाट गृहमन्त्री खाँणले जवाफ दिनुभएकाे थियाे ।
प्रतिक्रिया