Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले देवेन्द्र पौडेललाई थप २ मन्त्रालयकोनारायण खड्कालाई थप १ मन्त्रालय

प्रकाशित: June 16, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले देवेन्द्र पौडेललाई थप २ मन्त्रालयकोनारायण खड्कालाई थप १ मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप २ मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप १ मन्त्रालयको कार्यभार तोकेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएको बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए ।

३ मन्त्री फरक–फरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो ।

प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकिएको छ ।प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु स्वीजल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार संघको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोकिएको छ ।

प्रतिक्रिया