
पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। १४ जना संक्रमित निकाे ।
एक हजार ३८ जनाको पिसिआर र १२३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९५ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया