Pura Samachar

नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार नेपाल आईपुग्ने

प्रकाशित: June 16, 2022
पूरा समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार नेपाल आईपुग्ने

काठमाडौं ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि अमेरिकामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार नेपाल आईपुग्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार दिउँसो नेपाल आईपुग्ने जनाएको छ ।

नेपालले अमेरिका भ्रमणमा चार खेल खेलेको थियो ।

बिहीबार बिहान भएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको थियो।

सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो  ।

यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।  यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।

नेपालले १६ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया