Pura Samachar

इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हरायाे

प्रकाशित: June 18, 2022
पूरा समाचार

इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हरायाे

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रियमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि फराकिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।

जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ ।

इंग्ल्यान्डले दिएको ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनायो ।

नेदरल्यान्ड्सका लागि  स्कट एड्वार्ड्सले अविजित ७२ रनको अर्धशतकीय इनिङ खेले ।

म्याक्स ओडेडले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा बास डी लिडेले २८ र कप्तान पिटर सिलारले २५ रन जोडे ।

इंग्ल्यान्डका मोइन अलीले ३ तथा डाभिड विलि, रिस टोप्ले र साम करणले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

इंग्ल्यान्डले आफ्नै नामको कीर्तिमान भङ्ग गरेको हो ।

इंग्ल्यान्डले यस अघि २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४ सय ८१ रनको कीर्तिमान बनाएको थियो ।

इंग्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए ।

जोस बट्लरले अविजित रहदै १ सय ६२ रनको शतकीय इनिङ खेले ।

यस्तै डाविड मालनले १ सय २५ तथा फिल साल्टले १ सय २२ रनको शतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन ६६ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिए ।

प्रतिक्रिया