Pura Samachar

स्कटल्याण्डमा त्रिकोणात्मक सिरिजअघि नेपालले क्यानडा जाने

प्रकाशित: June 19, 2022
पूरा समाचार

स्कटल्याण्डमा त्रिकोणात्मक सिरिजअघि नेपालले क्यानडा जाने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँग खेल्न अघि दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिज र दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न क्यानडा जाने भएको छ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया बिच हुने त्रिकोणात्मक सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ।

क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले जुन २८ अषाढ १४ मा क्यानडासँगको पहिलो टी–२० र त्यसको भोलिपल्ट दोस्रो टी–२० खेल्नेछ । एकदिवसीय सिरिज जुलाई ४ र ५ (अषाढ २० र २१) मा हुनेछ ।

राइनोजले बुधबार मात्र लिग २ को युएस त्रिकोणात्मक सिरिजको समापन गरेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा जुन ८ बाट सुरु भएको सिरिजमा आयोजक अमेरिका र ओमानसँग दुई-दुई पचास ओभरको खेल खेलेको थियो। नेपालले दुई खेलमा हार, एक बराबरी र एक जित हात पार्दै सात टोलीको लिग २ को तालिकामा १५ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।

सबै ३६ खेल खेल्दै लिग २ अभियान पूरा गरेको ओमान ४४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले अहिलेसम्म २४ खेल खेलेको छ र २३ अंकका साथ चौथो स्थानमा छ ।

२० खेल खेलेको स्कटल्याण्ड २८ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया १४ खेलबाट ७ जित र ७ हारसहित छैंठो स्थानमा रहेको छ ।

लिग २ मा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले अर्को वर्ष जुन/जुलाईमा हुने विश्वकप छनोटमा आफ्नो स्थान बुक गर्नेछन्। शीर्ष पाँच टोलीले आफ्नो एकदिवसीय मान्यता कायम राख्नेछन् भने तल्लो चार टोलीले क्वालिफायर प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया