Pura Samachar

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी:सभापति पवित्रा निरौला

प्रकाशित: June 19, 2022
पूरा समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी:सभापति पवित्रा निरौला

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका छैनन्।

प्रधानमन्त्री देउवालाई आजको बैठकमा उपस्थित समितिले निर्देशन दिएको थियो।

अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो।

समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी आएको बताइन्।

समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाण जाने सम्भावना छ।

यसअघि समिति बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए।

प्रतिक्रिया