Pura Samachar

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप

प्रकाशित: June 19, 2022
पूरा समाचार

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप भएको छ ।

आइतबार दिउँसो काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा शुरू भएको बैठकमा दुई समूहबीच हात हालाहाल भएको हो ।

अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठक बोलाइएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिथिको रूपमा बोलाइएको थियो ।

बैठकमा विवाद हुने संकेत पाएपछि प्रचण्ड सहभागी हुन नगएको बताइएको छ ।

अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति गठनदेखि नै विवाद हुँदै आएको छ ।

नयाँ कमिटी गठनको बेला विवाद भएपछि अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी)को नयाँ अध्यक्षमा पञ्चा सिंहलाई तोकिदिएका थिए ।

नयाँ अध्यक्षको शपथ ग्रहणका लागि आयोजित कार्यक्रममा पनि झडप भएको थियो ।


प्रतिक्रिया