Pura Samachar

इंग्ल्यान्डकाे नेदरल्यान्ड्समाथि लगातार जित

प्रकाशित: June 20, 2022
पूरा समाचार

इंग्ल्यान्डकाे नेदरल्यान्ड्समाथि लगातार जित

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि जित निकालेको छ ।

आइतबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।

जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ ।

नेदरल्यान्ड्सले दिएको २ सय ३६ रनको लक्ष्य इंग्ल्यान्डले ३६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा फिल साल्टले ७७ तथा जासन रोयले ७३ रनको अर्धशतकीय इनिङ खेले ।

मोइन अलीले अविजित ४२ तथा डाविड मालनले अविजित ३६ रन बनाए  ।

नेदरल्यान्ड्सका आर्यन डुटले २ विकेट लिए  ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो ।

नेदरल्यान्ड्सका लागि  स्कट एड्वार्ड्सले ७८ रनको अर्धशतकीय इनिङ खेले ।

बास डी लिडेले ३४ तथा  लोगान भान विकले अविजित ३० रन बनाए ।

आदील राशिद र डेभिड विलिले २/२ विकेट लिए ।

प्रतिक्रिया