Pura Samachar

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’

प्रकाशित: June 21, 2022
पूरा समाचार

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताएका छन् ।

मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताए ।

निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आजै निवेदन दिने र केन्द्रीय समितिको बैठक पनि आजै बस्ने उनले बताए ।

केन्द्रीय समितिमा २१ जना समावेश गरिएको उनको भनाइ छ । केन्द्रीय समितिमा रहेका व्यक्तिहरुको नाम भने उनले सार्वजनिक गरेका छैनन् ।

भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउन आफूले पार्टीको चुनाव चिह्न ‘घण्टी’ राखिएको लामिछानेले बताए ।

प्रतिक्रिया