
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यले आज आयौ अंतराष्ट्रीय योगा दिवस मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए ।
समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ ।
उनले अगाडि थपे कि योगले मानवको स्वास्थ्य तंत्रको सुधार मात्र नगरेर मानसिक विकासमा पनि धेरै प्रकारको परिवर्तन ल्याउँछ ।
उनले अगाडि भने कि योगले मानिसको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ ।
योग दिवसको अवसरमा योगाका विभिन्न आसनहरू पनि प्रस्तुत गरिएको थियो ।
स्मरण रहोस् आजको दिनलाई अंतर्राष्ट्रीय योगा दिवसको रूपमा युनाइटेड नेशनले घोषणा गरेको थियो ।
प्रतिक्रिया