Pura Samachar

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित: June 21, 2022
पूरा समाचार

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन।

होलिभिजन पब्लिक स्कुलको बस र बिपरित दिशातर्फबाट आँउदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किदा मृत्यु भएको हो।

मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

यस्तै ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया