Pura Samachar

श्रीलंकाले सिरिज एक खेल अगाबै ३-१ लेजित्यो

प्रकाशित: June 22, 2022
पूरा समाचार

श्रीलंकाले सिरिज एक खेल अगाबै ३-१ लेजित्यो

घरेलु टोली श्रीलंकाले चौंथो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियालाई हराएको छ ।

कोलम्बोमा मंगलवार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो ।

यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगाबै ३-१ ले जितेको छ।

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।

प्रतिक्रिया