काठमाडौँ – अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी भएको छ ।
मंगलबार १२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन ।
आगलागीको क्रममा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
मियामी विमानस्थल विभागका अनुसार अग्नि नियन्त्रण टोलीले आगलागीलाई नियन्त्रण लिएको थियो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको फेडेरल एभिएसन अथोरिटीले बताएको छ ।
प्रतिक्रिया