Pura Samachar

सुन-चाँदीको मूल्य घटयाे

प्रकाशित: June 22, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य घटयाे

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो।

मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया