Pura Samachar

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु

प्रकाशित: June 22, 2022
पूरा समाचार

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु

काठमाडौँ — अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया