Pura Samachar

नेपालले बलियो टोली युएईको सामना गर्ने

प्रकाशित: June 22, 2022
पूरा समाचार

नेपालले बलियो टोली युएईको सामना गर्ने

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ ।

युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो ।

नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।

यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो ।

अब नेपालले पहिलो सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

प्रतिक्रिया