काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।
अन्यमा क्रमश: अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया