Pura Samachar

घुसकाण्डमा मुछिएका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल निलम्बित हुँदै

प्रकाशित: June 23, 2022
पूरा समाचार

घुसकाण्डमा मुछिएका  न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल निलम्बित हुँदै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस डील प्रकरणको छानबिनका लागि न्याय परिषदले तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

बुधवार बसेको न्याय परिषद् बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएसँगै उनलाई निलम्बनको तयारी भएको छ। घुस लेनदेनको डीलमा मुछिएका न्यायाधीश कोइरालालाई बुधबारबाट नै कामबाट अलग गरिएको छ । गठित जाँचबुझ समितिको विषयमा नेपाल राजपत्रमा प्रकाशनका लागि बिहीवार पठाइने कार्कीले बताए । नेपाल राजपत्रमा उक्त सूचना प्रकाशित हुनेबित्तिकै न्यायाधीश कोइराला स्वतः निलम्बनमा पर्नेछन् ।

प्रतिक्रिया