Pura Samachar

पछिल्लो २४ घण्टामा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिए

प्रकाशित: June 23, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिए

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् ।  यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ । भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ ।

यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया