Pura Samachar

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाल

प्रकाशित: June 24, 2022
पूरा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्।

रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो।

निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ।

प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ।

आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्।

विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो।

लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को-को छन् खुलाएका थिएनन्।

प्रतिक्रिया