Pura Samachar

कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्‍न पाउने

प्रकाशित: June 24, 2022
पूरा समाचार

कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्‍न पाउने

काठमाडौँ– यसै वर्ष कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्‍न पाउने भएको छ । बीबीसीका अनुसार फिफाले टिममा २६ खेलाडी राख्न पाउने जनाएको हो । कोभिड-१९ अघि टिममा २३ खेलाडी मात्र राख्‍न पाउने प्रावधान रहेको थियो तर अब भने २६ खेलाडी हुने भएका छन् ।

फिफाले खेलको क्रममा एक टिमले १५ जनासम्म वैकल्पिक (परिवर्तन गर्न मिल्ने) खेलाडी राख्‍न पाउनेसमेत निर्णय गरेको छ । यसको अर्थ टिममा रहेका सबै खेलाडी सबै खेलको हिस्साको रुपमा रहनेछन् ।

प्रतिक्रिया