Pura Samachar
  • दुईसय अठासी लाइनको गीत ‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)

    प्रकाशित: ३ हप्ता पहिले

    दुईसय अठासी लाइनको गीत ‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)

    काठमाडौं,
    भाद्र २३ ।

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ ।

    सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।

    डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।

    उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

    उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका ।

    प्रतिक्रिया