Pura Samachar

देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: June 25, 2022
पूरा समाचार

देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ८ सय ०२ जनामा गरिएको परीक्षणमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया