
काठमाडौँ / साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, शुक्रबार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हने भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया