Pura Samachar

ललितपुर महानगरमा आजदेखि पानीपुरी बेच्न नपाइने

प्रकाशित: June 26, 2022
पूरा समाचार

ललितपुर महानगरमा आजदेखि पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरमा आजदेखि पानीपुरी बेच्न नपाइने भएको छ। महानगरले आजदेखि पानीपुरी बेच्न रोक लगाउने भएको छ।

पानीपुरीमा हैजाको कीटाणु भेटिएको भन्दै महानगरले पानीपुरी बेच्नमा रोक लगाउने निर्णय गरेको हो।

नगर प्रहरीको अनुसार आजबाट हरेक गल्लिमा पानीपुरी नबेच्न माइकिङ्ग गरिने र भोलिबाट कसैले बेचे नियन्त्रणमा लिइने छ।

अब सडक गल्लिमा मात्रै हैन ललितपुर महानगरमा अब रेस्टुरेन्ट र होटेलमापनि पानीपुरी बेच्न निषेध गरिएको छ। बेच्ने परेमा चेक जाँच गरेर मात्र बेच्न दिइने छ।

प्रतिक्रिया