
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले मूल्यवृद्धिका कारण सर्वसाधारणमा पर्न गएको पीरमर्का, सदनमा भएको ध्यानाकर्षण र उपभोक्ताबाट आएको गुनासोपछि इन्धनको मूल्य घटाएको दाबी गरेका छन् । जनउत्तरदायी सरकार भएकोले जनताको पीरमर्कालाई बुझेर मूल्य घटाएको उनले दाबी गरे ।
आइतवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर मन्त्री बडूले मूल्य घटाएपछि सेवा क्षेत्रको मूल्यवृद्धि पनि घट्ने विश्वास व्यक्त गरेका हुन् ।
असार ५ गते गरिएको मूल्यवृद्धिका कारण सर्वसाधारणमा पर्न गएको पीरमर्का, सदनमा भएको ध्यानाकर्षण र उपभोक्ता र नागरिकबाट व्यक्त गुनासोमा करमा समायोजन गरी बिक्री मूल्य घटाउने निर्णय भएको छ,’ मन्त्री बडूले भने ।
उनले नेपाल सरकारले कर घटाउने गरेको निर्णयपछि उपभोक्ता र आमनागरिकलाई केही राहत मिल्ने विश्वास सरकारले लिएको बताए ।
प्रतिक्रिया