
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले आज अंतरराष्ट्रीय स्तरमा उच्च खेल प्रस्तुत गरेर राज्य र राष्ट्रिय स्तरमा नाम रौशन गर्ने खेलाडीहरूलाई सम्मान गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज एउटा सानो समारोहमा मिक्स मार्सल आर्टमा राम्रो प्रस्तुति गर्दै विभिन्न पदक जित्नमा सफल हुने खेलाडीहरूलाई हौसला बढाए।सम्मान भएका खिलाड़ीहरूमा —
जो -जो राजकुमारी (स्टेरोवेट )
भेनी टीएच ( लाइटवेट )
लाइश्रम सुरबाला (बनटावेट )
खेलाडीहरूलाई संबोधन गर्दै मुख्यमन्त्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति कम छैन ।हाम्रा खेलाडीको मनोबल बढाउन सरकारले सक्दो प्रयास जारी राख्ने नै छ ।
उनले अगाडि थपे कि भविष्यमा अझै राम्रो प्रस्तुति विश्व सामु हुन सक्छ भने आशा र भरोसा राखे ।
स्मरण रहोस् मणिपुरले खेलको क्षेत्रमा विश्वमा एउटा अलग्गै इतिहास बनाएको छ ।जो सर्वविदित छ ।
प्रतिक्रिया