Pura Samachar

भ्यान र मोटरसाइकल  ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित: June 30, 2022
पूरा समाचार

भ्यान र मोटरसाइकल  ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको बालाजुमा हिजो बेलुका दुर्घटना भएको छ। भ्यान र मोटरसाइकल  ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल राति करिव ८ बजे भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी दुर्घटना भएको थियो ।

उक्त  घटनामा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्कीको मृत्यु भएको छ  । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती करिव  साढे २ बजे मृत्यु भएको थियो  । दुवै सवारी साधन र भ्यान चालक  प्रहरी वृत्त बालाजुको  नियन्त्रणमा रहेको  छ ।

प्रतिक्रिया