Pura Samachar

बिहिबार शेयरबजारमा हरियाली छायाे

प्रकाशित: June 30, 2022
पूरा समाचार

बिहिबार शेयरबजारमा हरियाली छायाे

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार बढेसँगै आज कारोबार समेत बढ्न पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफको ५ करोड ९९ लाख, अरुण काबेली पावरको ५ करोड ८३ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया