
पछिल्लो २४ घन्टामा देशभर थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५५ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ६सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। १७ जना संक्रमित निकाे भए। ३१६४७७ जनाले खाेप लगाए।
एक हजार ५३२ जनाको पिसिआर र ११६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २८० जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया