
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक भोलि पनि जारी रहनेछ । आज नेताहरूले बोल्ने समय नपुगेपछि भोलि दिउँसो २ बजेलाई बैठक पुन डाकिएको हो ।
महामन्त्री गगन थापा बैठकमा ढिला उपस्थित हुँदा सबै नेताहरूले बोल्न नभ्याएका बैठकमा सहभागी नेविसंघका पूर्व अध्यक्ष केशव सिंहले जानकारी दिए । आज १२ जना नेताहरूले मात्रै आफ्नो धारणा राखेका थिए । बाँकीहरूले भोलि आफ्नो धारणा राखेपछि बैठक सकिने कोइरालाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया